चितवनमा काँग्रेसले रेणु जिताए, रेणुले एमाले


२५ आश्विन २०७४, बुधबार
gss chitwan uml

काठमाडौं : जिल्ला समन्वय समिति चितवन ‘जिसस’को ९ सदस्यीय समिति निर्वाचनमा नेकपा एमालेको प्यानेलनै विजयी भएका छन् । चितवन जिसस प्रमुखमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् ।gss chitwan uml

बुधवार भएको जिससको निर्वाचनमा नेपाली काँग्रेसका भरत अधिकारीलाई हराउँदै डल्लाकोटी निर्वाचित भएका हुन् । डल्लाकोटीले ११ मत ल्याए भने उनका प्रतिस्पर्धी अधिकारीले ३ मत ल्याए । त्यस्तै उप प्रमुखमा पनि नेकपा एमालेकै मुनाकुमारी श्रेष्ठ ११ मतसहित विजयी भइन् । नेपाली काँग्रेसकी टिका दाहाललाई ८ मतले पराजित गर्दै श्रेष्ठ विजयी भइन् । दाहालले ३ मत प्राप्त गरिन् ।
स्थानीय तहको निर्वाचनमा चितवनका ७ वटा तहको प्रमुख ,उपप्रमुखमध्ये ९ जना एमालेका तर्फबाट विजयी भएका थिए भने काँग्रेसका ३ जना र माओवादी केन्द्रका २ जना विजयी भएका थिए ।माओवादी केन्द्रका दुर्इजना मेयरले जिससको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले एमालेका उम्मेदवारलाई मतदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७