बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण


२२ चैत्र २०७७, आईतवार
akshay kumar

मुम्बई, २२ चैत । बलिउडका चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म सबैलाई जानकारी गराउन चाहन्छु– आज बिहान मेरो कोभिड रिपोर्ट आयो, जसमा मलाई कोरोना पोजिटिभ देखिएको छ । सबै नियम पालना गर्दै म आइसोलेसनमा बसेको छु । होम क्वारेन्टिनमा बसेरका आवश्यक औषधि खाइरहेको छु ।’

उनले अगाडि लेखेका छन्, ‘पछिल्ला दिनमा मसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र आफ्नो स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्छु । म चाँडै काममा फर्किने छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७