निक्षेपकर्ताको ७९ करोड ठगी आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ


२२ चैत्र २०७७, आईतवार
68c0e41f40f3240b12fc82c4e815ecce w1000 h500 cp

काठमाडौं, २२ चैत । महानगरीय प्रहरी परिसर काठमाडौंले गुडविल सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ ।

ललितपुरको कुमारीपाटीमा रहेको सहकारीले निक्षेपकर्ताको ७९ करोड ८९ लाख ६४ हजार ५२० रुपैयाँ ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सञ्चालक श्रेष्ठसहितका सहकारीका पदाधिकारीले निक्षेपकर्तालाई बढी ब्याज दिने आश्वासन गरेर रकम जम्मा गर्न लगाएको प्रहरीले बताएको छ ।

निक्षेपकर्ताले यही चैत ५ गते किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी सहकारी ऐन २०७४ र ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । श्रेष्ठलाई परिसरबाट खटिएको टोलीले शनिबार चितवनको भरतपुरबाट पक्राउ गरेको हो । सहकारीविरुद्ध उजुरी दिनेको संख्या बढिरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७