भ्रष्टाचार सूची : नेपाल १२२ औं स्थानमा


१० फाल्गुन २०७४, बिहीबार
pvjpavf2

काठमाण्डौं, १० फागुन : ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा उक्लिएको छ ।pvjpavf2

१८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ । यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ औं स्थानमा थियो । राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने बताइन्छ ।

पछिल्लो प्रतिवेदनले सन् २०१६ को तुलनामा गएको वर्ष नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टनेश्नल नेपालका अध्यक्ष श्रीहरी अर्यालले भने, ‘अहिलेसम्म नेपालले प्राप्त गरेको सबैभन्दा बढी अंक ३१ हो, ३१ बाट बढेर हाम्रो ३२ हुन सकेको छैन । अझै पनि हाम्रो अवस्था भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा एकदमै नाजुक छ ।’ सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ ।

अर्यालले सन् २०१७ मा भएका तीन तहका चुनावका कारणले राजनीतिक क्षेत्रमा केही स्थिरता हासिल भएको अपेक्षासाथ नेपालले उक्त सूचकांकमा केही प्रगति गरेको बताए । उनी भन्छन्, ‘हाम्रो विगतको अनुसन्धानले नेपालमा राजनीतिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार व्याप्त रहेको देखाएको थियो, पोहोर साल राजनीतिक क्षेत्रमा नेपालले एक सयमा जम्मा २१ अंक प्राप्त गरेको थियो । संविधान बन्यो, चुनावहरू भयो त्यसकारण अस्थिरता, अराजकताबाट केही प्रगति गरेको भनेर यस वर्ष राजनीतिमा पनि राम्रै अंक प्राप्त गरेको छ ।’ उक्त प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणका लागि विश्वव्यापी स्तरमा नै सुस्त ढंगले कदमहरू चालिएको भन्दै चिन्ता जनाएको छ । सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरूमध्ये भुटान ६७ अंकसहित २९ स्थानमा छ । भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन् । नेपाल दुई स्थान तल १२३ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औं स्थानमा छ । पुछारबाट पाँचौ रहेको अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरेको छ र १ सय ८४ वटा देशमध्ये १८० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७