पेट्रोलियम पदार्थको फेरि बढ्यो मूल्य


२३ चैत्र २०७७, सोमबार
petrol VkRXP9kt2A

काठमाडौं, २३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ । हालको मूल्य सूचि अनुसार अझै घाटा रहेको निमगको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७