कप्तान किरण एसियाकै साताको उत्कृष्ट खेलाडी


२३ चैत्र २०७७, सोमबार
kiran chemjong

काठमाडौं २३ चैत । आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५.६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ दी विक जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । एएफसीका अनुसार २०.७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र इराकका अल अली महबइ १०.१६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । प्राप्त मतका आधारमा विजेता हुने भएकोले यसलाई एएफसीले घोषणा भन्ने गर्ने प्रचलन नरहेको बताइएको छ ।

किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको साग मा स्वर्ण पदक जितेको थियो । त्यसयता राष्ट्रिय टोलीले दशरथ रंगशालमा जितेको यो पहिलो उपाधि हो । १९९९ मा आठौं सागको फाइनल पुगेपनि नेपाली टोली उपाधि जित्न असफल भएको थियो ।

आई लिग टोली राउन्ड ग्लास पञ्जाबबाट व्यवसायिक फुटबल खेल्दै आएका किरण थ्री नेसन्स कपका लागि एक खेल अघि नै स्वदेश फर्केका थिए । पञ्जाब चौथो स्थानमा रहेपनि किरण आई लिगकै उत्कृष्ट खेलाडी चुनिएका थिए । किरणले उपाधि जितेकै थ्री नेसन्स कपबाट पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७