करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर


२३ चैत्र २०७७, सोमबार
civil bank arthasansar

काठमाडौं, २३ चैत । करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं ११ मा रहेको उक्त कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो।

एक्सटेन्सन काउन्टरको उद्धघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरे। राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सो एक्सटेन्सन काउन्टरमार्फत सहजै गर्न सकिन्छ।

यो बैंकको ८९ एटिएम, ११४ शाखाहरु ८ एक्सटेन्सन काउन्टरहरु स्थापित छन्। जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको बैंकको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७