सनराइज बैंकको सहयोगमा विरगंजमा निःशुुल्क आँखा शिविर


२३ चैत्र २०७७, सोमबार
IMG HuhTMJuM9j

काठमाडौं, २३ चैत । सनराइज बैंक विरगंज शाखाको सहयोगमा विरगंजमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब विरगंजद्वारा सनराइज बैंक र केडिया आई अस्पतालको सहयोगमा विरगंज परसौनिमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।

सो शिविरका लागि बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको छ । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७