राजेश पायल राईले बलिउड हस्ती सलमानसँगै टुुडिखेल तताउने


१० फाल्गुन २०७४, बिहीबार
rajesh payal rai and salman khan

काठमाडौं, १० फागुन : ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ नामक कार्यक्रममा बलिउड कलाकारसँगै नेपालका चर्चित गायक राजेश पायल राईले प्रस्तुती दिने भएका छन् ।rajesh payal rai and salman khan

फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनले गायक राईले स्टेज शेयर गर्ने भएका हुन् । उसै पनि स्टेज तताउन सक्ने खुवी भएका गायकले आफ्ना चर्चित गीतहरु गाउने जनाइएको छ । भर्सस्टाइल गायकका रुपमा चिनिएका राजेश पायलको यो प्रस्तुती नेपाली गीत–संगीत भारतीय कलाकारहरुलाई सुन्ने र बुझ्ने मौकाको रुपमा आयोजकले लिएको छ । कार्यक्रममा नायिका सुष्मा कार्की र माला लिम्बूले पनि सलमान खानसँग नाच्ने भएका छन् ।

नायिका प्रियंका कार्की , स्वस्तिमा खड्का र अलिसा राईले सलमानसँग हिन्दी गीतमा कोरस नाच्नु पर्ने आयोजकको प्रस्ताव शैली अपमानजनक भएको भन्दै कार्यक्रम सहभागिता अस्वीकार गरेका थिए । उसै त कोरस नाच्नु पर्ने त्यसमाथि पारिश्रमिक समेत चित्तबुझ्दो नभएको भन्दै प्रियंका कार्की , स्वस्तिमा र अलिसा राईले अफर अस्वीकार गरेका थिए भने हाल तय भएका कलाकारहरुको पारिश्रमिक भने खुलेको छैन । नेपाल आउन लागेका नायक सलमानसँगै भारतीय नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र ‘मिट ब्रदर्स’ को पनि प्रस्तुती रहने आयोजकले जनाएका छन् ।rajesh payal rai 5 1

नेपाली साँगीतिक क्षेत्रमा ‘राई इज किङ’ का रूपमा परिचित गायक राजेशपायल राई विदेशी भूमिमा केहि समयअघि सम्मान पाएका थिए । सांगीतिक कार्यक्रमका लागि ‘वल्र्ड टुर’ का क्रममा न्यूजिल्याण्ड पुगेका राईलाई क्रिष्टचर्च सिटीकी मेयर लिआनी डेजाइलले सम्मान गरेकी थिइन् । यसअघि सांगीतिक यात्राकै क्रममा अमेरिकाका रोचेस्टर सिटीले गायक राईलाई सम्मान गरेका थियो ।

सिटीका मेयर लभ्ली बारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका थिए । राईले नेपाली भाषा, संस्कृति र संगीतलाई विश्वमा प्रचार गरिरहेका छन् । उनले नेपाली बाहेक दर्जनौं भाषामा गीत गाएका छन् । कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रममा नेपाली गीत गाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७