अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा नेपाल–खनाल समूहकाे बागमती प्रदेश कमिटी घोषणा (सूची)


२४ चैत्र २०७७, मंगलवार
bagmati

काठमाडौं, २४ चैत । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काउण्टर दिंदै समानान्तर गतिविधिलाई तीब्र बनाएको नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइयो । नेपाल–खनाल समूहले अहिले देशभर समानान्तर कमिटी गठनलाई तीब्रता दिइरहेको छ ।

1 1
2 1
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७