बसभित्रै महिलाको बलात्कारपछि हत्या : चार सडक बालबालिका पक्राउ


२५ चैत्र २०७७, बुधबार
17d67b736f4710a31c84a163170e9442 w1000 h500 cp

काभ्रे, २५ चैत । काभ्रेमा बसभित्रै मृत भेटिएकी महिलाको हत्या सडक बालबालिकाले गरेको आशंका गरिएको छ । बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिला आइतबार मृत फेला भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको र घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जानकारी दिएको छ । घटनास्थलको फरेन्सिक एक्पोर्टसहितको प्राविधिक टोलीले अनुसन्धान गरेको थियो ।

घटनामा तीन बालक र एक बालिकाको संलग्नता देखिएको भन्दै चार जनालाई पक्राउ गरिएको छ । सोधपुछका क्रममा उनीहरुले मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने क्रममा बिबाद भएपछि घटना लुकाउनका लागि हत्या गरेको बताएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताए ।

यसैबीच काभ्रेमै अर्की महिलाको हत्यामा संलग्न अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । आइतबार बिहान अपरिचित महिलाको शव फेला परेको थियो । अनुसन्धानको क्रममा शनिबार राति ती महिलाको हत्यामा २२ वर्षीय रोशन भन्ने बिजय तामाङको संलग्नता रहेको प्रहरीको अभियोग छ ।

बिजयले आफूलाई ती महिलाले चोरीको आरोप लगाएकोले हत्या गरेको बताएका छन् । मृतक महिलाको घर रामेछापको दोरम्बा गाउँपालिका ६ र उनी पूर्णकला भन्ने पुजा दमाई रहेको खुलेको छ । बसपार्कको पश्चिमपट्टि सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशील अंगहरुमा प्रहार गरी विजय फरार भएका थिए । बिजयलाई भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ सिपाडोलस्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको हो । उनले अफूले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७