लोकसेवाले खुलायो चार सय बढी पदमा आवेदन


२५ चैत्र २०७७, बुधबार
Loksewa Aayog

काठमाडौं, २५ चैत । लोकसेवा आयोगले आज (बुधबार) राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौंथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुलाएको छ ।

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो । विभिन्न कार्यालयमातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७