राष्ट्रवादी हुँ भन्ने ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : अध्यक्ष प्रचण्ड


२५ चैत्र २०७७, बुधबार
Prachanda

सल्यान, २५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेको बताएका छन् । आज (बुधबार) सल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसर्पण गरेको बताए ।

उनले ओलीले अहिले संविधान च्यात्ने काम शुरु गरेको बताए । कम्युनिष्ट पार्टीका नेताहरू कम्युनिष्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए । ‘केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किल्चिदिने र विदेशी शक्तिकासामु आत्मसमर्पण गर्ने घटना घट्यो’, उनले भने ।

त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नहुने प्रचण्डको भनाइ छ । उनले अब जनताको तागतले नै आफू काठमाडौंमा बसेर शक्ति निर्माण गर्ने दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७