मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलायन्समा छुट


२५ चैत्र २०७७, बुधबार
Agreement Mega

काठमाडौं, २५ चैत । मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको हो ।

मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्तलगेजको सुविधा पनि दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७