नाइको व्यवसायिक विकासमा प्राइम बैंकले सहयोग गर्ने


२५ चैत्र २०७७, बुधबार
1557372492prime

काठमाडौं, २५ चैत नाइको व्यवसायिक विकासमा प्राइम बैंकले सहयोग गर्ने भएको छ। उनीहरुको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले छाता संगठन नेपाल नाइ ट्रेड युनियनँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

२६ फागुन २०७७ मा भएको यस समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन्। उक्त छाता संगठनका सबै बैंकिङ सेवा सुविधा एकै ठाउँबाट उपलव्ध गराउने लक्ष्य बैंकले राखेको छ।

साथै, बंैकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरु पनि प्रदान गर्नेछ।बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाइ तथा युनियनका कर्मचारीको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ।

व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका दुई जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ। सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना बीमा उपलब्ध गराउनेछ।

डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु।आर। कोडको व्यवस्था गर्नेछ। यस मार्फत कारोबार गरेवापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार ५ थप गरिदिनेछ।


यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ। साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ। ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह लगायत सुविधा दिने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७