१९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई सात वर्ष कैद


२६ चैत्र २०७७, बिहीबार
Rape for nayapage

बागलुङ, २६ चैत । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला गरेको छ ।
जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो ।

कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७