पत्रकार महासंघको चुनाव : ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी


२६ चैत्र २०७७, बिहीबार
170037979 3713216068775884 465356471469756438 n 1 U4KKp65cdE

ललितपुर, २६ चैत । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ । आज (बिहीबार) बिहान सकिएको मत गणना अनुसार अध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी बनेका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७