चेल्सीद्वारा पोटो पराजित, सेमिफाइनल पुग्ने सम्भावना बलियो


२६ चैत्र २०७७, बिहीबार
2a7031f1820fd99c3c94d1c9c20af8dd w1000 h500 cp

काठमाडौं, २६ चैत । यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा चेल्सीले एफसी पोर्टोलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले पोर्टोलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मेसन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । खेलको ३२औं मिनेटमा जोर्गिन्होको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ८५औं मिनेटमा चिलवेलले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । जितसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग चेल्सीको मैदानमा १३ अप्रिलमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७