मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना, वायु प्रदूषण उस्तै


२६ चैत्र २०७७, बिहीबार
kathamandu

काठमाडौं, २६ चैत । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) देशका केहि भू–भागमा सामान्य वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज प्रदेश–१ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । विभागले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले देशको तराई र पहाडी भू–भागका केही स्थानमा तुवाँलो लागेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्दै गएको छ ।

लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अधिक मात्रामा वायु प्रदूषण भएकाले केही दिनयता भिजिविलिटी समेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ । ठूलो पानी परेपछि अथवा ठूलो हवाहुरी चलेपछि मात्रै वायु प्रदूषण कम हुने वातावरण विभागका प्रवक्ता इन्दिुविक्रम जोशीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७