म्यानमारमा सुरक्षाकर्मीबाट मारिनेको संख्या ५८० नाघ्यो


२६ चैत्र २०७७, बिहीबार
Myanmar 3

काठमाडौं, २६ चैत । म्यानमारमा जारी प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको संख्या ५८० नाघेको छ । बुधवार एकै दिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५८० नाघेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ । संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताएको छ । सैन्य सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि विज्ञप्तिमा भनिएको छ ।

सेनाले दमन गरे पनि म्यानमारमा सैन्य ‘कू को विरोध हुन र सरकारले प्रदर्शनकारीको हत्या गर्न छोडेको छैन । हिंसा चर्किएपछि म्यानमारका कैयौं नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।
म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले ‘कू’ गर्दै आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिँदै सत्ता हात लिएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७