म्यानमारका नागरिकको जीवनरक्षाको माग गर्दै मैनवत्ती बालेर प्रदर्शन


२६ चैत्र २०७७, बिहीबार
Shanti Samaj

काठमाडौं, २६ चैत । म्यानमारका नागरिकहरुको जीवनरक्षाको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ । बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपा अगाडि समाजले प्रदर्शन गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजकी अधिकृत सरिता पौडेलका अनुसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘बर्मा ः नागरिकको जीवन रक्षा गर’, शान्ति ‘बहाली गर’, ‘लोकतन्त्र बहाली गर’, ‘मानवता विरुद्धको अपराध अन्त्य गर’, ‘मानव अधिकार उल्लंघन बन्द गर’, ‘सैनिक शासन खारेज गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायत सहभागी थिए । प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाल र वडा अध्यक्ष रमेश अर्याल पनि सहभागी थिए ।

बुधबार साँझ नै शान्ति समाजले दाङको तुलसीपुर, पाल्पाको तानसेन र चितवनको भरतपुरमा पनि बर्माका नागरिकको जीवन रक्षाको मागसहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७