प्रतिनिधिसभा बैठक बस्दै, विवादास्पद सूचना प्रविधि विद्येयकको प्रतिवेदन पेश हुँदै


२६ चैत्र २०७७, बिहीबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, २६ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठकमा विवादास्पद सूचना प्रविधि विद्येयकको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । समितिले कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो ।

विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । संसदमा पेश भएको विद्येयक अड्किएपछि सरकारले विद्येयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयास समेत गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७