त्रिकोणात्मक क्रिकेट श्रृंखला : नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेल्ने


२६ चैत्र २०७७, बिहीबार
2ae98c3bfd4bcb9812f26a673260c799 w1000 h500 cp

काठमाडौं, २६ चैत । आगामी वैशाख पहिलो साता नेपालमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डससँग खेल्ने छ । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

नेदरल्यान्डस र मलेसियासँग हुने टि ट्वान्टी त्रिकोणात्मक सिरिजको खेल तालिका नेपालले पहिलो खेल नेदरल्याण्ड्सँग खेल्ने भएको हो । ईएसपीएनक्रिकइन्फोका अनुसार नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । सिरिजको शीर्ष दुईमा रहनसके नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ । खेल दिउँसो सवा २ बजेदेखि सवा ५ बजेसम्म हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । मुख्य प्रायोजनमा बजाज पल्सर छ । नेपालले प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले त्रिवि क्रिकेट मैदानमा पछिल्लो समय गत वर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७