कोरोनाको खोपको माग गर्दै ब्राजिलका यौनकर्मी धर्नामा, फ्रन्टलाइनर्स भएको दावी


२६ चैत्र २०७७, बिहीबार
Younkarmi

काठमाडौं, २६ चैत । दक्षिण अमेरिकी देश ब्राजिलका यौनकर्मी धर्नामा बसेका छन् । कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिण पूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् ।

आफूहरू पनि फ्रन्टलाइनर्स भएको दावी गर्दै उनीहरूले खोपको माग गरेका हुन् । हरेक दिन फरक–फरक मानिससँग सम्बन्ध बनाउने भएकाले आफूहरू पनि फ्रन्टलाइनर्स भएकाले चाँडै नै खोप लगाउन पाउनुपर्ने उनीहरूको माग छ । उनीहरूले आफूलाई पनि स्वास्थ्यकर्मी, अध्यापक, वृद्धवृद्धा र बिरामी जति नै जोखिममा रहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७