भक्तपुरमा ५० वर्षीय पुरुषबाट १२ वर्षीया बालिका बलात्कृत


२६ चैत्र २०७७, बिहीबार
Rape
सांकेतिक तस्वीर

भक्तपुर, २६ चैत । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक ५० वर्षीय पुरुष पक्राउ परेका छन् ।
बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७