एमाले प्रवेश गरेका चार मन्त्रीकाे सांसद पद खारेज


२६ चैत्र २०७७, बिहीबार
badal 1617698667 1
?????????????????????????????????????????????????????????

काठमाडौं, २६ चैत । एमाले प्रवेश गरी मन्त्री बनेका माओवादी केन्द्रमा चार सांसदको पद खारेज भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर चार जनालाई कारबाही गरिएको जानकारी गराएका थिए ।

माओवादीले अर्घाखाँची (१) बाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली (४) का लेखराज भट्ट, रौतहट (३) का प्रभु साह र कैलाली (३) बाट निर्वाचित गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको संसद सचिवालयलाई जानकारी गराउँदै उनहरुलाई पदमुक्त गर्न आग्रह गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारै जना सांसद मन्त्री छन् । सांसद नरहेका मन्त्रीहरु ६ महिनासम्म मन्त्री रहन पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७