कांग्रेस सभापति देउवाले डाके तीन दलको बैठक


२६ चैत्र २०७७, बिहीबार
deuwa

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

ओली सरकार ढालेर र आफ्नो नेतृतवमा सरकार बनाउने निर्णय गरे पनि नेपाली कांग्रेसले सरकार गठनका लागि सार्थक पहल नगरिरहेको चर्चा चल्न थालेका बेला देउवाले तीन दलको वैठक बोलाएका हुन् ।

चैत २० गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको पहिलो निर्णय केपी ओली नेतृतवको सरकारलाई सत्ताच्यूत गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने थियो । प्रधानमन्त्री ओलीप्रति नरम बनेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गर्ने कांग्रेसका केही नेता सभापति देउवा सरकार हटाउने विषयमा गम्भिर नभएको आरोप लगाइरहेका बेला उनले तीन दलको वैठक बोलाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७