२०७७ चैत २७ गते शुक्रबारको तपाईको राशिफल


प्रकाशित मिति : April 9, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशिलताले कामहरू सहजै अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशिलताले अवसर दिलाउने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्यमा रुची जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले संकल्पसिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मानसिक चिन्ता बढ्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्