म्यानचेस्टरको सहज जित, आर्सनल बराबरीमा


२७ चैत्र २०७७, शुक्रबार
thumb 4

काठमाडौं, २७ चैत । म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन बिहीबार ग्रेनेडालाई उसकै घरमा सजिलै हराएको छ । अन्तिम आठको पहिलो लेगको खेलमा म्यानचेस्टर २–० ले विजयी भएको हो ।

मार्कस रसफोर्डको गोलले अग्रता लिएको म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेसले अन्त्यतिर पेनाल्टीमा दोस्रो गोल थपे । अर्को इङलिस प्रिमियर लिग क्लब आर्सनल भने घरमा स्लाभिया प्रागको हातबाट १–१ को बराबरीमा रोकियो ।

आर्सनलले निकोलस पेपेको गोलले अग्रता लिए पनि खेलको ९० औं मिनेटमा प्रागले महत्वपूर्ण बराबरी गोल फर्काएको हो । थोमस होल्सयो अवे गोल गरेका हुन् । अन्तिम आठ पहिलो लेगका अन्य खेलमा एएस रोमाले आयाक्यसलाई २–१ र भिल्लारियलले डायनामो जागरेभलाई १–० ले हराएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७