सांसद पद गुमाएका चार एमाले नेता पुनः मन्त्री नियुक्त, आजै शपथ


२७ चैत्र २०७७, शुक्रबार
mantri

काठमाडौं, २७ चैत । दल फेरेका कारण सांसद पद खारेज भएका चार मन्त्री पुनर्नियुक्त भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज (शुक्रबार) शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए । चारै जनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७