देउवा निवासमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको निर्णायक वैठक


२७ चैत्र २०७७, शुक्रबार
mao congress jsapa

काठमाडौं, २७ चैत । वैकल्पिक सरकार निर्माणका विषयमा छलफल गर्न कांग्रेसले बोलाएको बैठक ढिलो गरी शुरु भएको छ ।

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक शुरु भएको हो । बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत सहभागी छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ छन् । बैठकमा सहभागी हुनका निम्ति जसपाबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ बूढानीलकण्ट पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७