बेलायती महारानी एलिजाबेथका पति फिलिपको निधन


२७ चैत्र २०७७, शुक्रबार
Prience philip

काठमाडौं, २७ चैत । वेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार विज्ञप्तिमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।

47754a6e196081e10b5877e06bc13629 w1000 h500 cp

‘महारानीले गहिरो दुःखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ ।
केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७