एनआईसी एशिया बैंकका सीईओ न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान


२७ चैत्र २०७७, शुक्रबार
3ba0738fe15fe356d2f2386a42b00124 w1000 h500 cp

काठमाडौं, २७ चैत । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘प्रबल जनसेवा श्री ९चतुर्थ०’ विभूषणबाट सम्मानित भएका छन्।

शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विभूषण प्रदान गरिएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६\०५\३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस ९राष्ट्रिय दिवस० का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा आज सो कार्यक्रम आयोजना गरिएको थियो।

सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७