आइपीएलमा बेंगलोरले रोमाञ्चक विजयी शुरुवात


२८ चैत्र २०७७, शनिबार
117946988 fe9a28ac 2836 480f 8777 c01be525d479

काठमाडौं, २८ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी शुरुवात गरेको छ ।

चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । १६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा रन आउट भए । बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो ।

तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ । आजको खेलमा चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच स्थानीय समयअनुसार राति साढे आठ बजे प्रतिष्पर्धा हुँदैछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७