प्रदेश–२ मा माओवादी केन्द्रको दलको नेतामा भरत साह


२८ चैत्र २०७७, शनिबार
Bharat saha

जनकपुरधाम, २८ चैत । नेकपा माओवादी केन्द्रले प्रदेश–२ को संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् ।

तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डल थिए । तर ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मण्डल प्रधानमन्त्री ओलीको खेमामा लागेका थिए । ओली समूहमा लागेका मण्डलसहित ४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी ओलीतिर लागेका थिए । उनीहरुलाई स्पष्टीकरण सोधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौ अधिवेसनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७