सशस्त्रलाई ललितपुर मेयर कप क्रिकेटको उपाधि


२८ चैत्र २०७७, शनिबार
cricket

काठमाडौं, २८ चैत । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले लिएको छ ।

कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १०७ रनको सामान्य लक्ष्य एपीएफले १६ ओभर दुई बलमा मात्रै दुई विकेट गुमाएर भेटायो ।
एपीएफको जितमा ज्योती पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने सीता रानामगरले २७ रनमा आउट भइन् । इन्दू बर्मा १९ र ममता चौधरी १५

रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विन्दू रावतको नटआउट ४४ रन मद्दतमा सात विकेट गुमाएर १०६ रन बनाएको थियो । प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७