संकटालाई आहा रारा गोल्डकपको उपाधि


२८ चैत्र २०७७, शनिबार
25c9915f7bcb85e3b9197427fd5e925d w1000 h500 cp

पोखरा, २८ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनलाई ४–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । खेलको ११ औं मिनेटमा अफ्रिकन रुट्सका बासेकले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा संकटाले बराबरी गोल फर्काएको थियो । ५१ औं मिनेटमा संकटाका ग्लोरीले बराबरी फर्काए ।

फाइनल जितेको टोलीले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार रूपैयाँ पुरस्कार पाएको छ । अफ्रिकन रुट्स पहिलो सहभागितामै फाइनल पुगेको थियो ।

अफ्रिकन रुट्सले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा संकटासँग खेल्ने पक्का गरेको थियो । प्रतियोगितामा यसअघि पाँच संस्करण खेलिसकेको संकटा पहिलोपटक फाइनल प्रवेश गरेको थियो । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनल पुगेको थियो । प्रतियोगितामा फाइनल खेलेका दुईसहित मनाङ मर्स्याङदी, नेपाल पुलिस, थ्री स्टार, एपीएफ, सहारा, मछिन्द्र क्लबको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७