आहा रारा गोल्डकपमा पहिलो पटक संकटा च्याम्पियन


२८ चैत्र २०७७, शनिबार
25c9915f7bcb85e3b9197427fd5e925d w1000 h500 cp

काठमाडौं, २९ चैत । संकटा क्लब पहिलो पटक आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
पोखरा रंगशालामा शनिबार अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई टाइब्रेकरमा ४-२ ले हराउँदै ए डिभिजन टोली संकटा च्याम्पियन बनेको हो ।

निर्धारित र थप समय १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा संकटाले बाजी मारेको हो । संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे। सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए।

अफ्रिकनका यानिक र रिमले मात्रै गोल गरे। यसअघि निर्धारित ९० मिनेट १–१ गोलको बराबरी सकिएको थियो। ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै अफ्रिकनले अग्रता लिएको थियो। ५२ औं मिनटमा संकटाका ग्लोरीले गोल गरेका थिए।

१९ औं संस्करणको आहा राराको उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ। उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताम ८ वटा क्लबको सहभागिता थियो।

प्रतियोगितामा संकटाका गोलरक्षक राजाबाबु थापा उत्कृष्ट रक्षक र निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए। अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिक उत्कृष्ट स्ट्राइकर बने। उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसको पोल्टामा गयो। उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थापाले एक थान स्कुटर प्राप्त गरे।

ग्लोरीको गोलबाट संकटा खेलमा फर्केको थियो । उनले ५२ मिनटमा गोल गरेका थिए । त्यस अघि एआरले ११ औं मिनटा ज्याक्स बसिको गोलबाट अग्रता लिएको थियो ।

विजेताले संकटाले उपाधिसहित १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार पुरस्कार प्राप्त गर्यो। सहारा क्लब पोखरामा आयोजित आहा रारा गोल्डकपमा यस पटक ८ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७