पूर्व राजा ज्ञानेन्द्र हरिद्वारमा


२९ चैत्र २०७७, आईतवार
gyanendra shah

काठमाडौं, २९ चैत । निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन् ।

हरिद्वारको गंगा किनार अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान ९ बजे वैदिक मन्त्रोच्चारण साथ पूर्व राजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको छ । समाचार तयार पार्दा शाह माँ दक्षिणकालीको पूजा अर्चना गर्दैछन् । उनको पूजा अर्चन कार्यक्रम झन्डै ४५ मिनेट चल्ने छ । यसभन्दा अघि पूर्व राजाले त्यहाँ पुगेका नेपालीहरुसँग भेटघाट गरेका थिए । नेपालबाट आएका पत्रकारहरुसँग बसोबासको व्यवस्थाबारे चासो लिएका थिए ।

तत् पश्चात जलपान गरे पश्चात एउटा सार्वजनिक कार्यक्रममा उनको अभिनन्दन गरिने छ । अखिल भारतीय अखाड़ा परिषदका अध्यक्ष श्री महंत नरेंद्र गिरी एवं मनसादेवी मन्दिर ट्रस्टका अध्यक्ष श्री महंत रविन्द्र पुरी लगायतका अन्य थुप्रै साधु संतले उनलाई स्वागत गर्दै आशीर्वाद दिने छन् । ज्ञानेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्ने छन् । उनी आज र भोलि हरिद्वारमै रहने कार्यक्रम छ । आज साँझ उनको दश हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७