गोंगबु गेष्ट हाउसमा युवक मृक्त फेला, सँगै बसेका दुई जना पक्राउ


२९ चैत्र २०७७, आईतवार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं २१ चैत । काठमाडौं महानगरपालिका–२७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेष्ट हाउसमा आज (आइतबार) मृत अवस्थामा फेला परेका स्याङ्जाका ३० वर्षीय नारायणबहादुर क्षेत्रीसँगै होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धब्बुराम बस्नेत र राजकुमार कवर योगीलाई पक्राउ गरेको हो । धब्बुराम काठमाडौंको आरुबारीबाट पक्राउ परेका हुन् भने राजकुमारलाई सुनवलबाट काठमाडौं ल्याइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले भन्यो, ‘केही शंका यी दुईमाथि भएकोले पोष्टमार्टम रिपोर्ट नआउञ्जेल अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’ गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका थिए ।

शनिबार राति सुतेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन् । गेष्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको थियो । गेष्ट हाउसले राखेको रेकर्डअनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको थियो । क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मृत्तकको घुँडामा चोट देखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७