ओली लाज पचाएर पदमा बसिरहेका छन् : प्रचण्ड


२९ चैत्र २०७७, आईतवार
Prachanda

चितवन, २१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको टिप्पणी गरेका छन् । आइतबार गृहनगर चितवनमा पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै हटाउने बताए ।

प्रचण्डले तत्कालीन नेकपाको संसदीय दलको बैठकले ओलीलाई हटाएर आफूलाई दलको नेता बनाउँदा उनको पद स्वतः गएको, दुई तिहाइ बढीले हस्ताक्षर गरेर पार्टी सदस्यबाट हटाउँदा र संसद् विघटनविरुद्ध सर्वोच्चको फैसलाले ओलीको प्रधानमन्त्रीको पद गुमेको बताए ।

‘अदालतले फैसला गरेपछि तुरुन्तै प्रधानमन्त्रीबाट हट्नुपर्छ, दुनियाँको कोही पनि मान्छे बसिराख्दैन । तीन पटक हामीले प्रधानमन्त्रीलाई हट्नै पर्ने स्थितिमा पुर्‍यायौं । तर, विडम्बना भन्नु पर्छ, केपी चाहिँ बसिरहेकै छन्’, उनले भने, ‘प्रधानमन्त्रीमा अब हामी फेरि चौथो पटक उहाँलाई हटाउँदै छौं ।’ केही दिनमा नै ओलीलाई हटाउने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७