टोटनहमविरुद्ध म्यानचेस्टरको उत्कृष्ट पुनरागमन


३० चैत्र २०७७, सोमबार
thumb 6

काठमाडौं, ३० चैत । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार टोटनहममाथि उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकालेको छ । हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।

टोटनहमले सन ह्वेङ–मिनको गोलमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टरका तर्फबाट फ्रेड, एडिसन कभानी र मेसन ग्रिनउडले गोल गरे । यो जितपछि म्यानचेस्टर ६३ अंकसहित दोस्रो स्थानमा रह्यो ।

अर्को खेलमा आर्सनलले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई सजिलै ३–० ले पराजित गर्‍यो । त्यसमा एलेक्जान्डर लेकाजेटले दुई गोल गरे । अर्को गोल ग्याब्रिएल मार्टिनेलीको नाममा रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७