द लेभल नेक्सन एसयूवी अब नेपालमा, यसरी गरियो लन्च (फोटो फिचर सहित)


१० फाल्गुन २०७४, बिहीबार
tata motors 1

प्रबिन कुलुङ राई

काठमाडौं, १० फागुन, आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिका साथ टाटा मोटर्स्ले नेपालको बढ्दो कमप्याक्ट एसयूवी वर्गमा प्रवेश गर्दै विहिबार आफ्नो जेन–नेक्स्ट लाईफस्टाईल एसयूुवी, टाटा नेक्सनको व्यवसायिक लन्च गरेको छ । टाटा नेक्सन, टाटा मोटर्स्को ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन हो ।

tata motors 1

पृथक स्टाईलको प्रधिनिधित्व गर्ने ग्राहकहरुको लागि यस उत्पादनले विश्वव्यापी र समकालीन डिजाइनका साथै सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधाहरुलाई एकै साथ ल्याएको कम्पनीले जनाएको छ ।  पेट्रोल भेरियन्टलाई रु.३२ लाख ७५ हजार र डिजल भेरियन्टलाई ४१ लाख ५५ हजारको सुरुवाती मूल्यमा लन्च गरिएको यस टाटा नेक्सनलाई एसयूवी वर्गमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराईएको छ ।  विहिबारदेखी बिक्री वितरणको लागि राखिएको यस टाटा नेक्सन नेपालभरका २० आधिकारिक टाटाका शोरुमहरुमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्स्, इन्टरनेश्नल बिजनेस, प्यासेन्जर भेहिकल बिजनेस यूनिटका प्रमुख सुजन रोयले व्यापार रणनीति अनुरुप उत्पादन अन्तराललाई भर्ने कुरामा केन्द्रित रहने बताए । उनले भने, ‘हाम्रो व्यापार रणनीति अनुरुप हामी हाम्रो उत्पादन अन्तराललाई भर्ने कुरामा केन्द्रित रहने छौं र इमर्जिङ्ग व्हईट स्पेशहरुलाई ट्यापिङ्ग गर्नेछौं ।’

टाटा नेक्सनलाई अनावरण गर्दै सिप्रदी टे«डिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जङ्गबहादुर राणाले व्यापारलाई ह्याचब्याक र सेडानहरु बाहेक अरु वर्गमा पनि वृद्धि बताए । भने, ‘टाटा नेक्सनको लन्चसँगै हामीले हाम्रो व्यापारलाई ह्याचब्याक र सेडानहरु बाहेक अरु वर्गमा पनि वृद्धि गरेका छौँ । कमप्याक्ट एसयूवी वर्गमा यो हाम्रो पहिलो ठूलो कदम हो र बहुपरिचित टाटाबाट आएको यस उच्चस्तरीय उत्पादनमा हामी निकै गौरवान्वित छौं ।’

के हो टाटा मोटर्स ?
टाटा मोटर्स वार्षिक ४२ अर्व डलरको कारोवार गर्ने अन्तर्रा्ष्ट्रिय कम्पनी हो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । ७६ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत., दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला व्राण्डहरु मध्य एउटा हो । ३४ वर्षदखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी रहेको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ ।

के हो सिप्रदी ?
सिप्रदी अटोमोटिभ र सम्वन्धित काम गर्ने नेपालको सबैभन्दा ठुलो व्रान्डहरु मध्येको एक हो । ३्र४ बर्षदेखी कार्यरत सिप्रदी वार्षिक कारोबार ३५ करोड अमेरिकी डलर भन्दा बढी छ । यसको कारोबारमा पछिल्लो पटक तिव्र छ । सिप्रदी, अटोमोबाइल, उर्जा, लुव्रिकेन्ट, वित्तिय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् । ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट सेवपा उपलब्ध गराउन क्रियाशिल छन् । टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १८ विक्री कार्यालय र २४ सेवा केन्द्र छन् । यसका पेसेञ्जर गाडीमा समर्पित २० शोरुम र २५ सेवा केन्द्र छन् ।

फोटो फिचर :-

tata motors 2

tata neksan 3

tata neksaon

tata motors 3tata noksan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७