कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष मालीको निधन


३० चैत्र २०७७, सोमबार
Raj Kumar Mali Kirtipur 7

कीर्तिपुर, ३० चैत । कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ । मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

सोमबार उनलाई श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए । माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७