हिजो मात्रै कोरोना पुष्टि भएका व्यक्तिको सेती प्रादेशिक अस्पतालमा मृत्यु


३० चैत्र २०७७, सोमबार
Seti Hospital

महेन्द्रनगर, ३० चैत । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको सोमबार (बिहान) ज्यान गएको छ ।
कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती संक्रमितमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो ।

‘उहाँ हिजो संक्रमण पुष्टि भएपछि राति ८ बजे अस्पताल भर्ना हुनु भएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो’ सूचना अधिकारी श्रेष्ठले भने, ‘तर बचाउन सकिएन । शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरेका छौं ।’

उनका अनुसार मृतक संक्रमितमा कडा खाले निमोनिया देखिएको थियो । श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी फागुन पहिलो साता भारतबाट नेपाल फर्किएको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७