यी हुन् सन् २०२१ को अहिलेसम्मका आठ उत्कृष्ट चलचित्र


३० चैत्र २०७७, सोमबार
collage1618222838

काठमाडौं, ३० चैत । वर्ष २०२१ सुरु भएको चार महिना मात्रै भएको छ । तर, यो छोटो समयमै धेरै उत्कृष्ट चलचित्रह दर्शकले हेर्न पाइसकेका छन् । बीबीसी कल्चर फिल्म आलोचक निकोलस बार्बर र क्यारेन जेम्सले नोम्याडल्यान्ड, मीनारीलगायत यस वर्षका उत्कृष्ट आठ चलचित्रको सूची तयार पारेको छ ।

जुदास एन्ड द ब्लाक मेसिया
यो अमेरिकी अभियन्ता तथा ब्लाक प्यान्थर पार्टिका नेता फ्रेड ह्याम्पटनको सत्य कथामा आधारित चलचित्र हो । जसलाई सन् १९६९ मा एफबीआईले मारेको थियो । यो सत्य घटनालाई निर्देशक शाका किंगले अझै रहस्यमय र एक्सनले भरिएको नाटकीय रुपमा प्रस्तुत गरेको छ ।
अभिनेता ड्यानिल क्लुवाले ह्याम्पटनको भूमिका निभाएर ओस्करको मनोनयनमा पर्न सफल भएका हुन् । निदर, क्रान्तिकारी सार्वजनिक वत्ता ह्याम्पटन मेसिया बन्छ भन्ने डर एफबीआईलाई थियो ।

मिनारी
ली आएजेक चंगको वेवास्ता गरिएको तर राम्रो आत्मकथामा आधारित चलचित्र ‘मिनारी’ले सन् १९८० मा आर्कान्सामा सरेका कोरियन–अमेरिकन परिवारको कथा भन्छ । सन्तानहरु (अलान किम र नोएल केट चो) को डरदेखि उनीहरूका थकित आमा–बुबा (स्टीभन युन र येरि हान)देखि उनीहरूको हजुरआम (युह–जंग युन) सम्म चलचित्रमा प्रत्येक विवरण स्पष्ट र विशिष्ट छ । मिनारी एक ग्राउन्डब्रेकिंग फिल्म हो । धेरैजसो संवाद कोरियन भाषामा छन्, त्यसैले यसलाई यसअघिका आप्रवासी जीवनकोे अमेरिकी चलचित्रभन्दा अलग उभ्याउँछ ।

राया एन्ड द लास्ट ड्रैगन
रमाइलो र एक्सनले भरिएको डिज्नीको काल्पनिक प्राचिन एसियन कुमन्द्राको नामक एउटा ठाउँको कथा हो । चलचित्रकी मुख्य पात्र राया संसारको हरेक कुनाका मान्छेलाई एकजुट बनाएर व्रहमाण्डलाई बचाउन संघर्ष गर्छिन् ।

चलचित्रमा एकअर्कामा विश्वास (ट्रस्ट) को महत्वलाई चित्रण गर्न खोजेको छ । रायाले आफ्नो बुबा र विश्वलाई बचाउन जीवित जादुयी ड्रैगनलाई भेटाउनुपर्ने हुन्छ । जसले नकारात्मक राक्षसी शक्तिलाई पराजित गरि विजयी प्राप्त गर्न सक्छ । यसैलाई भेटाउने यात्रा नै चलचित्रको मुख्य कथा हो ।

नोम्याडल्यान्ड
क्लो झाओले सन् २०१७ मा आएको चलचित्र ‘द राइडर’ लाई पछ्याउँदै प्रायः हलिउडले वेवास्ता गर्ने सिमान्त अमेरिकी जीवनलाई प्रस्तुत गर्न खोजेकी छन् । लेखिका जेसिका ब्रुडरको किताबमा आधारित यस चलचित्रमा कलाकार फ्रान्सेस म्याकर्डोम्यान्डले फर्नको भूमिका निभाएकी छन् । उनी एक सेवानिवृत्त सन्तान नभएकी विधुवा हुन् ।

तर, अरु सेवानिवृत्तहरु जस्तै उनले आफ्नै घर किन्न सक्दिनन् । त्यसैले उनी आफूलाई चाहिने केही सामान बोकेर पुरानो आरभी चलाएर समुन्द्र किनारामा जान्छिन् । चलचित्रका कलाकारहरुमा उनी एकमात्रै प्रोफेसनल कलाकार हुन् । चलचित्रको प्रायः दृश्यहरुमा उनी वास्तविक नोम्याड (घुमन्ते) हरुसँग अन्तरक्रिया गर्छिन्, जसले उनीहरुको आफ्नै अनुभव सेयर गर्छन् । निर्देशक क्लो र अभिनेत्री फ्रान्सेसले काल्पनिक र वास्तविकताबीच कुनै फरक देख्न दिएनन् ।

फ्रेन्च एक्जित
अभिनेत्री मिसेल्स फाइफरले आफ्नो अभिनयमार्फत चलचित्रकी मुख्य पात्र फ्रान्सेसप्रति सहानुभूति र उदासिनता देखाएकी छिन् । एक धनी महिलाबाट गरिब बनेकी फ्रान्सेस आफ्नो हुर्किसकेको तर अपरिपक्व छोरा (लुकास हेजेज) लिएर पेरिस जान्छिन् । फाइफरको एउटा मोड नै चलचित्रको अकार्षणको केन्द्र हो ।

सुपरनोभा
यो दुई समलिंगी पुरुषबीचको माया र मित्रताप्रति समर्पित ब्रिटिस चलचित्र हो । कोलिन फर्थ कन्सर्टमा पियानो बजाउछन् भने स्ट्यान्ले टुचि एक अमेरिकी लेखक हुन्छन् ।

२० वर्षदेखि सँगै बसिरहेका उनीहरु अन्ततः सधैंका लागि छुटिनुपर्ने हुन्छ । किनभने स्ट्यान्ले डिमेन्सीया भन्ने रोगबाट ग्रसित हुन्छन् । त्यसपछि उनीहरु दुबैजना अन्तिम पटक इंगल्यान्डको लेक भन्ने ठाँउमा घुम्न र समय बिताउन निस्कन्छन् ।

नाइट अफ द किंग्स
आइवरी कोस्टको रन–डाउन जेलमा खिचिएको भए पनि चलचित्रको कथा भने अफ्रिकन ग्रियट्स र स्हेरजाडमा आधारित छ । एकजना कैदीले रातभरि कथा सुनाउनुपर्ने हुन्छ नभए उसलाई मारिने परम्परा हुन्छ । यही परम्परामा चलचित्रको कथा बगेको हुन्छ ।

अन्डर राउन्ड
निर्देशक थोमस भिन्टरवर्गले लठ्याउने कमेडी र ड्रामाको ककटेललाई यसमा घोलेका छन् । यसका साथै उनले यसको समिश्रणमा पात्रप्रति सहानुभूति र सम्मान पनि दिन खोजेका छन् । चलचित्रको पृष्ठभूमि भनेको एक इतिहास पढाउने शिक्षक आफ्ना तीन जना सहकर्मीहरुसँग मिलेर कसैले थाहा नपाउनेगरि दिनभरि रक्सी खाने योजना बुन्छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७