आइपिएल : मुम्बइ र कोलकोत्ता भिड्दै


३१ चैत्र २०७७, मंगलवार
kolkata vs mumbai

काठमाडौं, ३१ चैत । पन्जाब किंग्सले चेन्नइमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ । मुम्बइमा गएराति भएको खेलमा राजस्थानलाई ४ रनले हराउँदै रोमाञ्चक विजयी शुरुवात गरेको हो ।

जितका लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेलेपनि टोली विजयी हुन सकेन ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले ।

दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्कासहित ६४ रनको विष्फोटक इनिङ खेले । यसैबीच आईपिएल क्रिकेटमा आजबाट दोस्रो चरणका खेलहरु शुरु हुनेछन् । आज चेन्नाईमा हुने खेलमा कोलकाता नाइट राईडर्स र मुम्बई इण्डियन्स भिड्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७