निर्माण नसकिंदै धरहरा उद्घाटन गरिंदै


३१ चैत्र २०७७, मंगलवार
Dharhara

काठमाडौं, ३१ चैत । निर्माण पूरा नहुँदो आउँदो वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो ।

धरहराको सबै काम सकिन त केही समय लाग्ने । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।’ धरहरा निर्माणको सबै काम सकिन पुससम्म लाग्ने घिमेरेको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७