२५ वर्षीया सरितादेवीले जन्माइन् तिम्ल्याहा छोरा


३१ चैत्र २०७७, मंगलवार
Triplets baby janakpur

जनकपुरधाम, ३१ चैत । जनकपुरकी एक २५ वर्षीया महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–२ मा रहेको सायलर पोलिक्लिनिक प्रालिमा जनकपुरधाम उपमहानगरपालिका–२५ बभनगमा निवासी लक्ष्मण मुखिया कि २५ वर्षीय पत्नी सरितादेवी मुखियाले तिम्ल्याहा छोराहरूलाई जन्म दिएको अस्पतालका कर्मचारी रवि झाले जानकारी दिए । आमा र बच्चाहरूको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सज्जनकुमार शर्माका अनुसार एउटा बच्चाको तौल दुई केजी पाँच सय ग्राम र दुई वटा बच्चाको तौल दुई किलो दुई सय ग्राम रहेको छ । बच्चा र आमाको अवस्था एकदम ठिक रहेको भए पनि बच्चा गर्भमा रहँदा उल्टो रहेका कारण शल्यक्रिया गर्नु परेको डा. शर्माले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७