नेकपा एमाले माधव–झलनाथ समुहले युरोप अन्तर्गतका प्रवास कमिटिहरु पुर्नगठन


३१ चैत्र २०७७, मंगलवार
Madhav jhalanath1

लण्डन, ३१ चैत । नेकपा एमाले (माधव–झलनाथ समुह)ले आफु निकट प्रवासका संगठनहरुलाई पुनर्गठन गरेका छन । नेकपा प्रवास समन्वय कमिटिको आयोजनामा सोमबार भर्चुअल रुपमा अगुवा नेता तथा कार्यकर्ता भेला गरि १३ मुलुकका कमिटिहरुलाई पुनर्गठन गरेको हो । एमाले वरिष्ठ नेता माधव नेपालको प्रमुख आतिथ्यतामा गठन भएका युरोपका कमिटिहरु सकृय भएका छन ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले एकीकृत एमाले निर्माणमा प्रवासी मञ्चहरुको भुमिका ठुलो रहने बताए । उनले विधि र पद्दती निर्माणका लागि पार्टीभित्र संघर्ष चलिरहेका जनाउदै आगामी दिनमा जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिए ।
एमाले उपाध्यक्ष भीम रावलले पार्टी भित्र पद्दतीको लडाई जारी रहेको बताए । प्रवास इन्चार्ज रामकुमारी झाक्रीको प्रवासी नेपाली मञ्चहरु गठन सहित नामावली पढेर सुनाएकी थिइन । प्रवास मध्यपुर्व इन्चार्ज श्रीप्रसाद शाहले वाँकी देशहरुमा पनि छिट्टै संगठन विस्तार गर्ने बताए । प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संचालन गरेको कार्यक्रममा मञ्च युरोप सचिव सुवास पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

कसले कहाँ जिम्मेवारी पाए ?

प्रवासी नेपाली मञ्च, जर्मनी अध्यक्ष कृष्ण देवकोटा, महासचिव अक्कल लामा (स्याङतान) सदस्यहरु रूपकराज काफ्ले, रबि ढुंगाना, शिबराज मरहट्टा, मनोज रायमाझी र युरोप प्रतिनिधि कुम्भराज रेग्मी छन । सल्लाहकारमा डा. नवराज रोस्यारा र दावागेल्जे शेर्पा छन ।
प्रबासी नेपाली मञ्च स्वीजरल्याण्ड अध्यक्ष सञ्जय मुड़भरी, उपाध्यक्ष बिदूर संग्रौला, महासचिव धर्म गुरुङ र कोषाध्यक्ष अशोक पाण्डे छन । हरी पाण्डे, सरोज यादब र एलिना पोखरेल छन । युरोप प्रतिनिधिमा सुबास पोखरेल छन ।
प्रवासी नेपाली मञ्च,युके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा २५ सदस्यीय बिद्यमान कमिटीमा निम्नानुसार थप गरी प्रवासी नेपाली मञ्च युकेको पुनर्गठन गरिएको छ। प्रमुख सल्लाहकारमा डा. अच्युत गौतम र त्यस्तै, युरोप प्रतिनिधिमारामप्रसाद बगाले, कृष्ण भण्डारी रविन्द्र कँडेल र उमेशराज मोक्तान छन ।
प्रवासी नेपाली मञ्च, बेल्जियम अध्यक्ष अर्जुन दाहाल, सचिब रमेश कँडेल, सदस्यहरु प्रकाश कार्की, बद्री लोहनी, शंकर श्रेष्ठ, कृष्ण खतिवडा, राजेन्द्र तिमल्सिना, सरोज बिक्रम केसी, शंकर बजगाई र प्रमेश कंडेल छन र युरोप प्रतिनिधि कृष्ण न्यौपाने छन ।
प्रवासी नेपाली मञ्च रसिया अध्यक्षमा डा. मन मुर्ति भुर्तेल, सचिव इन्द्र प्रसाद भुसाल, सदस्यहरु गणेश रामदाम, मिलन कट्टेल, मोहनलाल चापागाई, कमल सापकोटा, संज्ञान कार्की, दुर्गाबहादुर भट्टराई, हिमाल खनाल, उमेश प्रसाद, मोतिलाल भट्टराई, इन्द्रप्रसाद अर्याल, भक्तवहादुर सार्की, राजन रामदाम र शुनिल थापा छन ।

प्रवासी नेपाली मञ्च, स्वीडेन अध्यक्ष प्रेम गौतम, सचिब प्रदीप सापकोटा, सदस्यहरु बिनोद बाँनिया र अनुप शर्मालगायत २१ सदस्यीय छन ।

प्रवासी नेपाली मञ्च, साईप्रस अध्यक्षमा चिन्तन बुढामगर, वरिष्ठ उपाध्यक्ष आयुष्मा गुरुङ, उपाध्यक्ष सविना राना, महासचिव गोमा माझी, सचिव बुद्धमान तामाङ, कोषाध्यक्ष नानु लिम्बु र यलिसा तामाङ छन । सदस्यहरुमा दिपिका आले, आरतीदेवी महतो, हिमाज सिंञ्जालीमगर, तेज राना, प्रेम मिजार, प्रविन पुन मगर, निरोज मैनाली, विष्णे बुढाथोकी, सुनिता राना, कुमारी पुर्जामगर, निष्मा मगर, दिलिषा थापा, राजन लिम्बु, दिलमाया पुनमगर, अमिषा लिम्बु, माया तामाङर लक्ष्मी चौधरी छन ।

प्रवासी नेपाली मञ्च, नर्बे अध्यक्षमा पशुपति प्रसाद भण्डारी, सचिव जय गुरूङ, सदस्यहरुमा सन्तोष खड्का, सुमिना काफ्ले, शैलेन्द्र सिग्देल, अभिषेक आचार्यलगायत १९ सदस्यीय कमिटि छन भने युरोप प्रतिनिधिमा हेमराज जोशी छन ।
प्रवासी नेपाली मञ्च, अध्यक्षमा आयरल्याण्ड राजन काफ्ले सचिव चिन्तामणि सापकोटा, सदस्यहरु याम बहादुर उप्रेती, भरत सुबेदी र सन्तोष शर्मालगायत छन ।

प्रवासी नेपाली मञ्च, पोल्याण्ड अध्यक्षमा टंक कटुवाल, महासचिव मीनबहादुर पाण्डे सदस्यहरुमा अनमोल, एसबि,मोहनकाजी थापा, दिवश पाँचकोटी, सन्तोष शर्मा, दिब्या सुन्दास, सुर्य सुब्बा, दुर्गा मगर र पबन बास्तोला छन भने युरोप प्रतिनिधिमा शेरबहादुर परियार छन ।
प्रवासी नेपाली मञ्च, फिनल्याण्ड अध्यक्षमा मनोज भुसाल, उपाध्यक्षमा रुक्मिणी भट्टराई, सचिव र युरोप प्रतिनिधि नविन भट्टराई सहसचिव रामहरी भुसाल, कोषाध्यक्ष कृष्ण चौहान छन । त्यस्तै सदस्यहरुमा सुरज रानाभाट, प्रतिभा खनाल, कृष्ण प्रसाद पराजुली, अनिल ढकाल, दिपक पौडेल, सागर खरेल, हिमाल घिमिरे र सुमन खड्का छन ।

प्रवासी नेपाली मञ्च पोर्चुगल अध्यक्षमा रोबोट लिम्बु, महासचिवमा राजकुमार थापा, युरोप प्रतिनिधिहरुमा निराजन सुबेदी छन । त्यस्तै सदस्यहरुमा साइला लामा, माया खरेल, गीत राना, लक्ष्मी भट्टराई, सुधिर अर्याल, हेम गुरुङ, प्रेम लिम्बु, राजकुमार लिम्बु, पेम्छिरी शेर्पा, कामना सिंह, दिपेन्द्र दंगाली, सालिक राम सुबेदी, प्रभाकरबिक्रम निरौला, रामकुमार श्रेष्ठ, मिलन थापा मगर, सेमन्त खड्का, राज गुरागाई (कृष्ण), सुबाश बस्नेत, लक्ष्मी घले, सुमन खरेल, जितेन्द्र खड्का, रुपेन्द्र धमला, रायन श्रेष्ठ, निर्माण गुरुङ, सितल लिम्बु, कोपिला थापा, बिशाल केसी पुरानो कमिटि पोर्चुगलबाट बाहिर गएका बलराम पौडेल, गोबिन्द सापकोटा, यज्ञ तिम्सिना, मणिराम नेपाली, तुलसीराम थपलिया छन ।

प्रवासी नेपाली मञ्च नेदरल्याण्ड अध्यक्षमा धनकुमार बोहरासहित २१ जना रहेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७